हाम्रो बारेमा (About Us)
हाम्रो यात्रा र स्थापना (Our Journey & Establishment)
तत्कालीन लालबन्दी गाउँ विकास समिति हुँदा मलंगवा उद्योग वाणिज्य संघको उपशाखाको रूपमा २०६२ पौष २४ गते उद्योग वाणिज्य संघ, लालबन्दी स्थापना भएको हो।
At a time when Lalbandi functioned as a Village Development Committee, the Chamber of Commerce and Industry Lalbandi was established on Poush 24, 2062 B.S.
लालबन्दी गाउँ विकास समिति नगरपालिका घोषणा भएपश्चात २०७१ सालमा, जिल्ला प्रशासन कार्यालय सर्लाहीमा २०७२ वैशाख २० गते दर्ता भई यो संस्था आधिकारिक र स्वायत्त संस्थाको रूपमा स्थापित भयो।
Following the declaration of Lalbandi as a municipality, the organization was formally registered on Baisakh 20, 2072 B.S. as an autonomous institution.
दुई हजारभन्दा बढी सदस्य र आफ्नै सचिवालय भवनलगायत सबै मापदण्डहरू पूरा गरेपछि, हामीले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) मधेश प्रदेश र केन्द्रीय महासंघबाट २०७८ सालमा आधिकारिक आबद्धता प्राप्त गर्न सफल भयौं।
After fulfilling all necessary criteria, we successfully obtained affiliation with the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) in 2078 B.S.

हाम्रा प्राथमिक उद्देश्यहरू(Our Primary Objectives)
स्थानीय उद्योग, व्यापार र व्यवसायको समग्र विकास, संरक्षण र प्रवर्द्धन सुनिश्चित गर्न समर्पित।
स्थानीय उद्योग, व्यापार र व्यवसायको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा सक्रिय भूमिका निर्वाह गर्ने।
Play an active role in the protection, promotion, and sustainable development of local industries.
सदस्य उद्यमी तथा व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गर्ने।
Safeguard the rights and interests of member entrepreneurs and coordinate with authorities.
व्यवसायमैत्री वातावरण निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग आवश्यक पहल र सहकार्य गर्ने।
Collaborate with all tiers of government to create a business-friendly environment.
उद्यमशीलता विकासका लागि सीपमूलक तालिम, गोष्ठी र अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गर्ने।
Conduct skill-based training, workshops, and interaction programs for entrepreneurship development.
कृषि, पर्यटन, घरेलु, साना तथा मझौला उद्योगहरूको विकास र प्रवर्द्धनका लागि विशेष पहल गर्ने।
Take special initiatives for the development of agriculture, tourism, and SME industries.
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नयाँ उद्योग र व्यवसाय स्थापना गर्न प्रोत्साहित गर्ने।
Attract domestic investment and encourage the establishment of new industries.
बजार व्यवस्थापन, स्वस्थ प्रतिस्पर्धा, मूल्य स्थिरता र उपभोक्ता अधिकार संरक्षणमा योगदान पुर्याउने।
Contribute to market management, healthy competition, and consumer rights protection.
व्यवसायिक विवाद र आपसी असहमतिहरूलाई समाधान गर्न मध्यस्थताको भूमिका निर्वाह गर्ने।
Play a coordinating and mediating role in resolving business disputes.
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणमा सहकार्य गर्ने।
Cooperate in education, health, and environmental protection under CSR.
सदस्यहरूबीच आपसी सद्भाव, एकता र अनुशासन कायम गर्दै संस्थागत सुदृढीकरणमा योगदान गर्ने।
Maintain mutual goodwill, unity, and discipline among members.
हाम्रा सेवाहरू (Our Services)
उद्योग वाणिज्य संघ, लालबन्दीले स्थानीय उद्योगी, व्यापारी तथा उद्यमीहरूको हित संरक्षण गर्दै व्यवसायिक वातावरण सुदृढ बनाउन विभिन्न सेवा तथा कार्यक्रमहरू प्रदान गर्दै आएको छ।
१. सदस्यता सेवा
Membership Servicesसंघमा नयाँ सदस्यता दर्ता, नवीकरण तथा सदस्यहरूको अभिलेख व्यवस्थापन गरी सहज सेवा प्रदान गरिन्छ।
२. व्यवसायिक परामर्श
Business Consultationनयाँ व्यवसाय सुरु गर्न चाहने तथा सञ्चालनमा रहेका व्यवसायीहरूलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गरिन्छ।
३. कर शिक्षा तथा जानकारी
Tax Education & Awarenessकर प्रणाली, आर्थिक विधेयक, छुट तथा सहुलियत सम्बन्धी नियमित तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिन्छ।
४. तालिम तथा क्षमता विकास
Training & Skill Developmentउद्यमशीलता विकास, सीपमूलक तालिम, कृषि तथा पशुपालन सम्बन्धी तालिमहरू सञ्चालन गरिन्छ।
५. समस्या समाधान तथा समन्वय
Advocacy & Coordinationव्यवसायीहरूको समस्या समाधानका लागि स्थानीय सरकार, सरकारी निकाय तथा सम्बन्धित संस्थासँग समन्वय गरिन्छ।
६. सामाजिक तथा आपतकालीन सहयोग
Social Support Servicesस्वास्थ्य शिविर, विपद् व्यवस्थापन, राहत वितरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिन्छ।
७. सूचना तथा सूचना प्रवाह
Information Servicesसरकारी नीति, नियम, बजार सूचना तथा अन्य व्यवसायिक जानकारी सदस्यहरूलाई समयमै उपलब्ध गराइन्छ।
८. कार्यक्रम तथा मेला आयोजना
Events & Trade Fairsस्थानीय उत्पादन प्रवर्द्धनका लागि व्यापार मेला, प्रदर्शनी तथा विभिन्न व्यवसायिक कार्यक्रमहरू आयोजना गरिन्छ।
