.

उद्योग वाणिज्य संघ
लालबन्दी

उद्योग वाणिज्य संघ, लालबन्दीले स्थानीय उद्योगी, व्यापारी तथा उद्यमीहरूको हित संरक्षण गर्दै व्यवसायिक वातावरण सुदृढ बनाउन विभिन्न सेवा तथा कार्यक्रमहरू प्रदान गर्दै आएको छ।

लालबन्दी , सर्लाही ,मधेश प्रदेश,नेपाल

About Our Organization

लालबन्दीका उद्योगी, व्यापारी तथा उद्यमीलाई सशक्त बनाउँदै।

उद्योग वाणिज्य संघ, लालबन्दीले सदस्यता सेवा, व्यवसायिक परामर्श, कर शिक्षा, सीप विकास तालिम, समस्या समाधान तथा समन्वय, सामाजिक सहयोग, सूचना प्रवाह तथा व्यापार मेला एवं व्यवसायिक कार्यक्रममार्फत स्थानीय उद्योगी, व्यापारी तथा उद्यमीहरूको हित संरक्षण र व्यवसाय प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।उद्योग वाणिज्य संघ, लालबन्दीले सदस्यता सेवा, व्यवसायिक परामर्श, कर शिक्षा, सीप विकास तालिम, समस्या समाधान तथा समन्वय, सामाजिक सहयोग, सूचना प्रवाह तथा व्यापार मेला एवं व्यवसायिक कार्यक्रममार्फत स्थानीय उद्योगी, व्यापारी तथा उद्यमीहरूको हित संरक्षण र व्यवसाय प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

20+Years of Excellence
2000+Active Members
Lalbandi Trade

Our Vision

To be the central pillar of commerce and trade in the region, bridging local talent with global opportunities.

President Profile Image

Mr. Mahesh Kumar Mahato

President

अध्यक्षको सन्देश उद्योग वाणिज्य संघ, लालबन्दी

"आदरणीय उद्योगी, व्यापारी, व्यवसायी तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू, उद्योग वाणिज्य संघ, लालबन्दीको तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन व्यक्त गर्दछु। लालबन्दी क्षेत्रको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन तथा उद्यमशीलताको प्रवर्द्धन गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्नु हाम्रो प्रमुख उद्देश्य रहेको छ। संघले आफ्ना सदस्यहरूको हकहित संरक्षण, व्यवसायिक क्षमता अभिवृद्धि, कर शिक्षा, सीपमूलक तालिम, स्वास्थ्य शिविर, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा विभिन्न आर्थिक गतिविधिहरूमार्फत समुदायको समग्र विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। साथै, निजी क्षेत्र र सरकारी निकायबीच प्रभावकारी समन्वय स्थापित गरी व्यवसायीहरूको समस्या समाधान तथा अवसरहरूको विस्तारका लागि सक्रिय रूपमा कार्य गरिरहेको छ। "

"आजको प्रतिस्पर्धात्मक र परिवर्तनशील आर्थिक परिवेशमा नवीन सोच, प्रविधिमैत्री व्यवसाय तथा दिगो विकासलाई आत्मसात् गर्दै अगाडि बढ्नु आवश्यक छ। यस दिशामा उद्योग वाणिज्य संघ, लालबन्दी सम्पूर्ण उद्योगी, व्यापारी तथा उद्यमीहरूको भरोसायोग्य सहयात्रीका रूपमा सदैव प्रतिबद्ध रहनेछ। संघप्रति यहाँहरूको विश्वास, सहयोग र सहभागिताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु।"

समृद्ध व्यवसाय, सशक्त उद्यम र उन्नत लालबन्दी हाम्रो साझा अभियान हो।

What We Offer

हाम्रा सेवाहरू (Our Services)

उद्योग वाणिज्य संघ, लालबन्दीले स्थानीय उद्योगी, व्यापारी तथा उद्यमीहरूको हित संरक्षण गर्दै व्यवसायिक वातावरण सुदृढ बनाउन विभिन्न सेवा तथा कार्यक्रमहरू प्रदान गर्दै आएको छ।

१. सदस्यता सेवा

Membership Services

संघमा नयाँ सदस्यता दर्ता, नवीकरण तथा सदस्यहरूको अभिलेख व्यवस्थापन गरी सहज सेवा प्रदान गरिन्छ।

२. व्यवसायिक परामर्श

Business Consultation

नयाँ व्यवसाय सुरु गर्न चाहने तथा सञ्चालनमा रहेका व्यवसायीहरूलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गरिन्छ।

३. कर शिक्षा तथा जानकारी

Tax Education & Awareness

कर प्रणाली, आर्थिक विधेयक, छुट तथा सहुलियत सम्बन्धी नियमित तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिन्छ।

४. तालिम तथा क्षमता विकास

Training & Skill Development

उद्यमशीलता विकास, सीपमूलक तालिम, कृषि तथा पशुपालन सम्बन्धी तालिमहरू सञ्चालन गरिन्छ।

५. समस्या समाधान तथा समन्वय

Advocacy & Coordination

व्यवसायीहरूको समस्या समाधानका लागि स्थानीय सरकार, सरकारी निकाय तथा सम्बन्धित संस्थासँग समन्वय गरिन्छ।

६. सामाजिक तथा आपतकालीन सहयोग

Social Support Services

स्वास्थ्य शिविर, विपद् व्यवस्थापन, राहत वितरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिन्छ।

७. सूचना तथा सूचना प्रवाह

Information Services

सरकारी नीति, नियम, बजार सूचना तथा अन्य व्यवसायिक जानकारी सदस्यहरूलाई समयमै उपलब्ध गराइन्छ।

८. कार्यक्रम तथा मेला आयोजना

Events & Trade Fairs

स्थानीय उत्पादन प्रवर्द्धनका लागि व्यापार मेला, प्रदर्शनी तथा विभिन्न व्यवसायिक कार्यक्रमहरू आयोजना गरिन्छ।

Media & Updates

Latest News & Notices

प्रेस विज्ञप्ति (Press Release)

Data not available for press release.

सूचना तथा जानकारी (Notice & Announcements)

No notice and Announcement available.

कार्यक्रमहरू (Events)

Events not available.

सम्पर्क (Connect With Us)

Reach out to us for membership inquiries, structural mediations, and community engagement.

Address

Lalbandi-6, Sarlahi, Nepal

Phone

046-501511
+977-9854051511

Email

ubslalbandi1@gmail.com

हामीलाई सन्देश पठाउनुहोस् (Send a Message)

Loading Map Data...